काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको जग बलियो भएमात्रै सबै कुरा सुदृढ भएर जाने बताएका छन् । काठमाडौँ महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा बोल्दै प्रचण्डले जनतासँग जोडिएको स्थानीय तह बलियो भएमा परिवर्तन संस्थागत हुने बताए ।
‘संघीय सरकार त्यसमा तीन तहको सरकारको परिकल्पना भयो । गाउँ गाउँमा सिंहदरबारको परिकल्पना गर्ने अवसर मलाई प्राप्त भयो । मैले नेतृत्व गरेको आन्दोलनको बलमा संविधान सभाबाट संविधान बनेर तीन तहको सरकार बन्यो’ प्रचण्डले भने, ‘तीन तहको सरकार बनाउने बेला स्थानीय तहको सरकार स्थापित गर्नेक्रममा प्रधानमन्त्री भएर भूमिका खेल्ने त्यो बेला पनि अवसर पाएको थिए ।
अहिले न्यायिक समितको उद्घाटन गर्दा हर्षको महशुस भएको छ ।’ यस्तै फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । संघीय सरकार पाँचै वर्ष टिक्नेमा सबैलाई ढुक्क रहन प्रचण्डले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड