एजेन्सी । जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्याङ्क पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्याङ्क प्रदान गर्ने आश्वासन दिएको थियो ।“हाम्रा युक्रेनी साथीहरूले ट्याङ्क प्राप्त गुर्नभएको छ , लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्याङ्क प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भनेका छन् ।
किएभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर–२ ट्याङ्क पनि युक्रेन पुगेका छन् । गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारी साधन र हतियार माग गर्दै आएको थियो । बेलायतबाट आफूलाई लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर–२ ट्याङ्क प्राप्त गरेको पुष्टि गरेको छ ।
बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर–२ ट्याङ्क युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्याङ्क सञ्चालनको तालिम बेलायतमा लिएको बताएका छन् । यद्यपि उनले लियोपार्ड–२बारे कुनै जानकारी दिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा
जर्मनीमा बद्रीप्रसाद पाण्डेले पाए उत्कृष्ट पर्यटन मन्त्रीको अवार्ड
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु
चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी
हंगेरीमाथि जर्मनीको शानदार जित