अपांगतायुक्तलाई ह्विल चियर

मंगलबार, ०४ पुस २०७४, ०६ : ४६
अपांगतायुक्तलाई ह्विल चियर

पोखरा, ४ पुस । जापानको टोकियोस्थित स्वयंसेवक समूहको सहयोग र सिविआरएस पोखराको संयोजनमा पोखरा नगर क्षेत्रमा रहेका अपांगयुक्त बालबालिकालाई सोमबार एक एक थान ह्विल चियर वितरण गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–३ देखि २२ नं वडाका ३०  बालबालिकालाई निःशुल्क ह्विल चियर वितरण गरिएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण लामिछानेले जानकारी दिनुभयो । ती ह्विल चियरको न्यूनतम मूल्य रु १५ हजारदेखि ३० हजारसम्म पर्ने बताइएको छ । संस्थाले यही पुस ५ गते महानगरका अन्य वडामा पनि थप ३०  ह्विल चियर वितरण गर्ने छ ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्रीले अपांगयुक्त बालबालिकाको लागि संस्थाले असल काम गरेकामा सराहना गर्दै यस्ता कार्यमा होस्टेमा हैसे गर्न समन्वय समिति   तयार रहेको बताउनुभयो ।(रासस)
   

 

प्रतिक्रिया दिनुहोस