यो देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुने ठाउँ छैन: डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, १३ : ०८
यो देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुने ठाउँ छैन: डा. बाबुराम भट्टराई

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको टिप्पणी गरेका छन् । अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सहि ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उनले बताएका हुन् ।

पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरुलाई पुर्णता निे र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए । यद्यपि वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा भने उनले पुर्ण रुपमा विश्वास गरेका छैनन । ‘राजनीतिक भनेको पावर केन्द्र हो,’ भट्टराईले भने,‘ कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।

माओवादीसँग एकता हुने सम्बन्धमा उनले वार्ता टोली बनाएर छलफल जारी रहेको बताए । दुईवटा पार्टी भन्दा पनि त्यो बाहेक अरु कम्युनिष्ट दलहरुसहिको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरुपनि रहेको उनको भनाइ छ ‘ जुन अहिलेका लागि आवाश्यक पनि छ,’ उनले थपे,‘समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत छलफल भइरहेको छ । केन्द्रमा सरकारले पुर्णता पाएपछि यो विषयमा छलफल हुन्छ ।’ साथै प्रचण्डविरुद्धको मुद्दाको विषयमा उनले शान्ति प्रक्रियाको मर्म विपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस