विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने बताएका छन् ।
शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै संसदीय दलका नेता आङ्बोले कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो राजनैतिक अवस्था नभएको र विशेष परिस्थिति रहेकाले सरकारबाट फिर्ता हुने सम्भावना पनि नभएको जानकारी दिए । उनले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकार बारे सोच्न नसकिने बताए ।
फरक प्रसंगमा नेता आङ्बोले प्रदेश सभाको संरचनाका कारण कोशी प्रदेश नामाकरण गरिएको र नामबारे विवाद आएकाले तत्काल प्रदेश सरकारलाई आन्दोलनरत पक्षसंग वार्ता र सम्वाद गर्न पनि आग्रह गरे । उनले सरकारले पनि शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्न नहुने र आन्दोलनरत पक्षलाई संयमताका साथ आन्दोलन गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ गतेदेखि हुने