विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने बताएका छन् ।
शुक्रबार विराटनगरस्थित प्रदेश सभा भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै संसदीय दलका नेता आङ्बोले कोशी प्रदेशमा अन्य प्रदेशको जस्तो राजनैतिक अवस्था नभएको र विशेष परिस्थिति रहेकाले सरकारबाट फिर्ता हुने सम्भावना पनि नभएको जानकारी दिए । उनले कार्की नेतृत्वको सरकारलाई ६० जना सांसदको समर्थन रहेकाले वैकल्पिक सरकार बारे सोच्न नसकिने बताए ।
फरक प्रसंगमा नेता आङ्बोले प्रदेश सभाको संरचनाका कारण कोशी प्रदेश नामाकरण गरिएको र नामबारे विवाद आएकाले तत्काल प्रदेश सरकारलाई आन्दोलनरत पक्षसंग वार्ता र सम्वाद गर्न पनि आग्रह गरे । उनले सरकारले पनि शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्न नहुने र आन्दोलनरत पक्षलाई संयमताका साथ आन्दोलन गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग