एजेन्सी । श्रीलङ्काका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र सङ्कटग्रस्त मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण स्वीकृतिका कारण आपूर्तिकर्ताबाट प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न सक्ने क्षमता भएकाले मूल्य घटाउन सकिने उनले संसद्लाई बताए ।
उनले अमेरिकी डलरसँगको श्रीलङ्काको रूपैयाँको पनि मूल्य वृद्धि भइरहेको बताए । उनका अनुसार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को ‘बेलआउट प्याकेज’ र अर्थतन्त्रको स्थिरीकरणपछि इन्धनको मूल्य घटाउन सुझाव दिएका थिए ।
श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि सन् २०२२ मा इन्धनको मूल्यमा २०० प्रतिशतले वृद्धि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०९ चैत्र २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि