शंकरदेव क्याम्पसको  स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी

सफल खबर संवाददाता

सोमबार, ०६ चैत्र २०७९, ०९ : ०८
शंकरदेव क्याम्पसको  स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी

काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत शंकरदेव क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन्। 

बस्नेतसँग अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी प्रतिस्पर्धामा उत्रिएका थिए।

यहाँ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एस अनेरास्ववियूबीच तालमेल भएको थियो।

आइतबार देशभर भएको स्ववियु निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ।

प्रतिक्रिया दिनुहोस