काठमाडौं । चैतको सुरुवाती दुई कारोबार दिन लगातार घटेको सेयर बजार घट्ने क्रमले तेस्रो दिन पनि निरन्तरता पाएको छ । गत साताको ५ कारोबार दिन मध्ये चार दिन घटेको नेप्से आइतबार पनि एकल अंकको गिरावट भएर बन्द भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ६.९० अंकले गिरावट हुँदा १९२६.४० अंकमा बन्द भएको छ । होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापारु र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित जिवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ०.८७ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.२७ प्रतिशतले वृद्धि भएको छ ।
यता बैंकिङ उपसूचक ०.५४ प्रतिशतले घटेको छ भने उत्पादनमुलक, लघुवित्त र म्युचुअल फण्ड उपसूचकमा भने १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । नेप्सेमा गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । गत बिहीबार १ अर्ब १४ करोड र बुधबार १ अर्ब २० करोडको कारोबार भएको बजारमा आइतबार भने मुस्किलले १ अर्ब नाघेको छ ।
आइतबार बजारमा ३० हजार ७७५ वटा कारोबारमा ३१ लख ६३ हजार ३८९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ६ करोड ११ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २१३ कम्पनीको सेयर कारोबार हुँदा १२७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७४ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १२ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त र शुभम् पावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा ग्रिन भेञ्चर लिमिटेडको सेयरमूल्य ७.१८ प्रतिशतले वृद्धि भएको छ । यता श्रृजनशील लघुवित्तको सेयरमूल्य ७.३३ प्रतिशतले गिरावट हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ३.९५ प्रतिशत र सबैको लघुवित्तको सेयरमूल्य ३.९३ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार