उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, ०९ : २६
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण प्रतिवेदन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

शुक्रबार सम्पन्न निर्वाचनबाट ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यस्तै अष्टलक्ष्मी शाक्य ९बोहरा० ले १६ हजार ३२८ मतभार,  ममता झाले २ हजार ५३७ मतभार र प्रमिला कुमारीले ४८ मतभार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस