काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरूको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरूलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफूले पहल गर्ने बताएका हुन् ।
उनले मुलुकको विकासका साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले नाफासँग समाजप्रतिको उत्तरदायी बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताए । सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सबै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशील बनाउनका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए ।कार्यक्रमका बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ चैत्र २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे