रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

एजेन्सी

शनिबार, ०४ चैत्र २०७९, ०९ : ०७
रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमन

एजेन्सी । युरोकप छनोट खेल्ने पोर्चुगलको टिममा क्रिस्टियानो रोनाल्डो अटाएका छन्। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोकप छनोट खेल्ने टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई समावेश गरेका हुन्।

युरो २०२४ को छनोटअन्तगर्त पोर्चुगललले यही महिना लिकटेन्स्टाइन र लक्जमबर्गसँग खेल्ने तालिका छ। कतार विश्वकपको क्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि धेरैले रोनाल्डोको राष्ट्रिय टिममा पुनरागमनमा शंका गरेका थिए।

विश्वकपमा मोरोक्कोसँग १-० गोलले हारेपछि पोर्चुगलको यात्रा अन्तिम ८ मै रोकिएको थियो। त्यसपछि प्रशिक्षक फर्नान्डो सान्तोसलाई प्रतिस्थापन गरेका मार्टिनेजले पोर्चुगलको नयाँ स्क्वाडमा उनलाई समावेश गरेका हुन्।

उनले रोनाल्डो टिमको सबैभन्दा महत्वपूर्ण सदस्य भएको बताएका छन्। आफूले खेलाडीको उमेर नहेर्ने बताएका मार्टिनेजले रोनाल्डोको अनुभव टिमका लागि उपयोगी हुने बताएका छन्।

पोर्चुगलले आगमी २३ मार्चमा लिकटेन्स्टाइनलाई घरेलु मैदानमा स्वागत गर्ने तालिका छ । त्यसको तीन दिनपछि उसले लक्जमबर्गको भ्रमण गर्नेछ । रोनाल्डो पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रियबाट एक सय ९६ खेल खेल्दा एक सय १८ गोल गरेका छन्।

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेका ३८ वर्षीय रोनाल्डो हाल साउदी प्रो लिग क्लब अल नासरमा छन्। उनले अल नासरबाट ९ खेलमा ८ गोल गरिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस