काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने तयारी गरेको छ।
उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले शुक्रबार साढे ११ बजेको लागि बैठक बोलाएको थियो। तर निर्वाचन आयोगले आचार संहिता जारी भएपछि बैठक नबस्न भनेको भन्दै रास्वपाले बैठक स्थगित गरेको छ।
उपराष्ट्रपति निर्वाचनबारे आफूहरू बाचापत्र अनुसार अघि बढ्ने रास्वपाका एक नेताले जानकारी दिए। निर्वाचनको बेला जारी भएको रास्वपाको बाचापत्रमा राष्ट्रिय सभाको अध्यक्ष पदेन उपराष्ट्रपति हुने प्रावधान छ। रास्वपाका एक सांसदले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने सम्भावना रहेको बताए।
‘मतदान गर्ने(नगर्नेबारे हाम्रो पार्टीमा दुई खाले धारणा छ। वाचापत्र अनुसार अहिले हुने अवस्था छैन त्यसैले मतदान गर्नुपर्छ भन्ने पनि छ,’ ती सांसदले भने, ‘अहिले नै भन्न सकिँदैन। हामी अनौपचारिक छलफल गरेर एउटा निर्णयमा पुग्छौ।’
यसअघि रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज