काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दै छ।
आज शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे टुङ्गो लगाइने तयारी छ।
उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार हुँदैछ। बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ। जसका लागि रास्वपाले कसलाई भोट दिने भन्नेबारे टुङ्गो लगाउन बैठक आह्वान गरेको हो।
आज हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत