काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दै छ।
आज शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे टुङ्गो लगाइने तयारी छ।
उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार हुँदैछ। बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ। जसका लागि रास्वपाले कसलाई भोट दिने भन्नेबारे टुङ्गो लगाउन बैठक आह्वान गरेको हो।
आज हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज