नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, १८ : ४८
नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र बनाएको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-२५ बस्‍ने २४ वर्षीय पारस साह तुराह रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र बरामद गरेको छ । पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

साहले ‘ई’ वर्गको सवारी चालक अनुमती पत्र लाई ए, बी, र सी वर्गको नक्कली सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस