मन्त्री र कर्मचारी अत्यावश्यक बाहेक विदेश भ्रमणमा जान नपाउने

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, १६ : ०९
मन्त्री र कर्मचारी अत्यावश्यक बाहेक विदेश भ्रमणमा जान नपाउने

काठमाडौँ । सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ । वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ भने यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ । 

बैठकले पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस