काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रे केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन्।
यसका लागि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् । महतका अनुसार चैत ६÷७ गतेतिर विश्वासको मत लिने कुरा रहे पनि प्रधानमन्त्री स्वयंको निर्णयमा मिति तय हुनेछ । सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो । कांग्रेसले कति मन्त्रालय पाउने र कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुंगिनसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता