निर्वाचन आयोगद्धारा उपराष्ट्रपति नमूना मतपत्र सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, ११ : ३६
निर्वाचन आयोगद्धारा उपराष्ट्रपति नमूना मतपत्र सार्वजनिक

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले उम्मेदवारको फोटोसहितको मतपत्र सार्वजनिक गरेको हो ।

संघीय सांसद (प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य)का लागि र प्रदेश सभा सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्र छ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस