मकवानपुर । पूर्वपश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङमा बुधबार बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३-००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
भ्यानको ठक्करबाट महिलाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु
गाडी ‘ब्याक’ हुँदा एक जनाको मृत्यु