विश्वकप क्रिकेट लिग २ : सिरिजको अन्तिम खेल खेल्दै पिएनजी

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, ०८ : ४१
विश्वकप क्रिकेट लिग २ : सिरिजको अन्तिम खेल खेल्दै पिएनजी

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजको अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले बुधबार युएईसँग खेल्दै छ। खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ९:३० मा सुरु हुँदै छ।

पिएनजी अधिकांश टिमसँग निरीह रहे पनि युएईविरुद्ध भने राम्रो लयमा रहेको छ। युएईविरुद्ध पिएनजीले अघिल्ला ४ खेलमा जित निकालेको छ। त्यसैले लगातार पाँचौ जितको प्रयासमा ऊ मैदान उत्रिने छ।

पिएनजी विरुद्धको खराब लय अन्तिम खेलमा भए पनि तोड्ने प्रयासमा युएई रहने छ। दुवै टिमको लक्ष्य लिगको सुखद अन्त गर्ने रहेको छ। दुवै टिमका लागि यो जित या हारले कुनै अर्थ राख्ने छैन।

पिएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार बेहोरेको छ। पिएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ। युएईले ३४ खेलमा १४ मा जित १७ मा हार बेहोरेको छ। युएई ३१ अंक जोडेर अंक तालिकाको छैटौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस