कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, ०६ : ४६
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विधागका अनुसार आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

“काठमाडौंमा आज बिहान मौसम सफा रहे पनि अपराह्नपछि भने मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठले भने, “ठूलो पानी पर्ने सम्भावना भने छैन । केही समय वर्षा भएर रोकिनेछ ।”

विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया दिनुहोस