काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू एकीकृत रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए । ‘नागरिकमा रहेको वितृष्णालाई हल गर्ने कुरामा हामीले विगतमा भन्दा फरक दृष्टिकोणका साथ जानुपर्छ,’ उनले भने, ‘नागरिकलाई राष्ट्रपति को भन्नुभयो, को प्रधानमन्त्री बन्नुभयो । कांग्रेसले को कोलाई मन्त्री बनायो भन्ने कुरा कम सरोकारको विषय बन्छ ।’
अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या समाधानमा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । शर्माले भने, ‘अर्थतन्त्रमा अहिले केही सकारात्मक संकेत देखिएका छन् । त्यसलाई कसरी आशा र विश्वास जगाएर जाने भन्नेमा सन्दर्भमा राष्ट्रले सिंगो रुपमा सोच्नुपर्छ ।’
बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा