काठमाडौं । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ। भरुवा बन्दुकको गोली लागि जिल्लाको बनगाड कुपिण्डे ९ स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको मृत्य भएको सल्यान प्रहरीले जनाएको छ।
जंगलमा सिकार खेल्न गएको अवस्थामा सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासि पड्किएर चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको हो। गम्भीर घाइते अवस्थामा उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल सल्यान पठाइएको छ। घटनामा संलग्न आइते रावत फरार छन्। उनको खोजी भइरहेको निरीक्षक खनालले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु