काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–२, ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो ।
हिजो साँझ करिब ६ बजे वाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनिटिपरले ‘ब्याक’ गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा सोमबारै साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त टिपरका चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु