काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–२, ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ का २४ वर्षीय सन्दीप तामाङको मृत्यु भएको हो ।
हिजो साँझ करिब ६ बजे वाग्मती प्रदेश ०१–००३ क ८६९० नम्बरको मिनिटिपरले ‘ब्याक’ गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा सोमबारै साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त टिपरका चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु