वीरगञ्ज । ट्याक्टरले ठक्कर दिँदा पर्सामा एक महिलाको मृत्यु भएको छ। मे. १ त ४८१७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पर्साको धोविनी गाउँपालिका- ३ गुलरिया बस्ने वर्ष ७२ की महेसिया देवीको मृत्यु भएको हो।
पटेर्वा सुगौली गाउँपालिका- ४ स्थित सडकखण्डमा ट्याक्टरले साइकलमा सवार उनी र उनका श्रीमान प्रसाद हजरालाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए।
उपचारको क्रममा महसिया देबिको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए।
घाइते हजराको उपचार भइरहेको तथा ट्याक्टर चालक कालिकामाई गाउँपालिका- २ बस्ने महेन्द्र सहनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको गिरीले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
सर्पको डसाइबाट महिलाको मृत्यु
सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु
तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु