भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच भगिनी सम्बन्ध स्थापित

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, १५ : २१
भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच भगिनी सम्बन्ध स्थापित

काठमाडौँ । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख रेनु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजी बिचमा भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाई, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षार गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसंग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरि सम्झौता भएको छ भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्। यस खालका कार्यक्रमले दुई देशका बिचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्याउने छ ।

जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अबलम्वन गर्ने नगर प्रमुख दाहालले बताइन् ।

प्रतिक्रिया दिनुहोस