भक्तपुर। नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई एक समारोहकाबीच पुरष्कृत गरेको छ ।साहित्यकार ध्रुव मधिकर्मीलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, डा. भूचन्द्र वैद्यलाई नित्यराज पाण्डे ज्ञानविज्ञान पुरस्कार र मेधा माध्यमिक विद्यालयलाई सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले प्रमाणपत्र र प्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेले नगद राशी २५ हजार र उपहार प्रदान गरे । कार्यक्रममा प्रमुख अतिथि पन्तले राष्ट्र र समाजका लागि योगदान गर्ने स्रष्टा र संस्थाको सम्मान गर्नु महनीय कार्य भएको बताए । कार्यक्रममा पुरष्कृत सर्जकहरुका साथै उत्तम नारायाण मल्ल, प्रतिष्ठानका सदस्य सुनीता पाण्डे र मुकुन्द शर्माले पनि मन्तव्य दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक