विश्वकप क्रिकेट लिग २ : नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

सोमबार, २९ फागुन २०७९, ०९ : ५६
विश्वकप क्रिकेट लिग २ : नेपाललाई पहिलो सफलता

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट– लिग २ मा नेपालले पिएनजीविरुद्ध पहिलो विकेट हात पारेको छ। जारी सिरिजको अन्तिम खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि ललित नारायण राजवंशीले पहिलो विकेट दिलाएका हुन्।

सोमबार टियू मैदान कीर्तिपुरमा सुरु भएको खेलमा खेलमा नेपाललाई ३।४ ओभरमा पहिलो सफलता हात लागेको हो। ओपनर किपलिङ्ग डोरिगा २ रनमा पेभिलियन फर्किएका हुन्। विश्वकप अभियानलाई थप नजिक पार्नका लागि जित्ने लक्ष्य सहित मैदानमा उत्रिन लागेको हो।

नेपालले आइतबार युएईविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। गुल्सन झाको स्थानमा करणक केसीलाई प्लेइङ ११ मा सहभागि गराएको छ। अन्य खेलाडीमा भने कुनै परिवर्तन भएको छैन।

नेपालका कप्तान रोहितले पहिले टस दुई खेल अगावै एकदिवसीय वरीयता पक्का गरेको नेपालका लागि अबको एकमात्र लक्ष्य बाँकी दुबै खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउनु हुने छ।

प्रतिक्रिया दिनुहोस