अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १६ : ५८
अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले बलिउडमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अल्लुले सन्दीप रेड्डी वाङ्गा र भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन् । अल्लुले उक्त फिल्मको लागि १ सय २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । अल्लु अभिनेता प्रभासलाई पछि पार्दै दक्षिण भारतीय फिल्म उद्योगमा सबैभन्दा धेरै कमाउने अभिनेता बनेका छन् ।

अल्लु हाल ‘पुष्पाः द रुल’ को सुटिङमा व्यस्त छन् । ‘पुष्पाः द रुल’को सुटिङ सकिएपछि उनले उक्त फिल्मको सुटिङ सुरु गर्नेछन् । टि-सिरिज र वाङ्गा भद्रकाली प्रोडक्सनले निर्माण गर्ने अल्लु अभिनित उक्त फिल्मको शीर्षक ‘भद्रकाली’ हुनसक्ने समाचारमा उल्लेख गरिएको छ ।

यसबाहेक टी–सिरिज र भद्रकाली प्रोडक्सनले फिल्म ‘एनिमल’मा काम गरिरहेका छन् । यस फिल्ममा रणवीर कपूर, अनिल कपूर र रश्मिका मन्डन्ना मुख्य भूमिकामा रहेका छन् ।

अल्लु अभिनित ‘पुष्पाः द रुल’ सन् २०२४ मा रिलिज हुँदैछन् । सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गरेको थियो। फिल्मले कुल ३ सय ७३ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस