सामाजिक अभियान्ता योगी ‘राष्ट्रिय नारी सम्मान–२०७९’ बाट सम्मानित

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, ११ : ३८
सामाजिक अभियान्ता योगी ‘राष्ट्रिय नारी सम्मान–२०७९’ बाट सम्मानित

काठमाडौं । सामाजिक अभियान्ता बिमला योगी ‘राष्ट्रिय नारी सम्मान –२०७९’  बाट सम्मानित भएकी छिन् । घोराही उपमानगरपालिका वडा नम्बर १५ निवासी योगीलाई चन्द्रलोक प्रतिष्ठान काठमाडौँले सम्मान गरेको हो । 

२०४६ देखि महिला, बालबालिका र युवाहरुको व्यक्तीत्व विकाससँगै नेतृत्व विकासकालागी क्रियाशील रहेकी योगीको सेवाभावको उच्च मूल्यांकन गर्दै सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । योगीमा सामाजिक कार्यक्रममा अत्यन्तै निष्ठा र समर्पणका भाव रहेको बुझाई प्रतिष्ठानको छ । 

२०२५ साल वैशाख २२ गते वुवा छविलाल योगी र आमा राधादेवी योगीको कोखबाट जमिएकी योगी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख कार्यकारी निर्देशक हुन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको संस्थापक अध्यक्ष, महिला संघ दाङका संस्थापक अध्यक्ष भएर काम गरिसकेकी योगी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

योगीको पहलमा हाल ६ सय बढी विपन्न, द्धन्दपीडित बालबालिकाहरुलाई निशुल्क शिक्षा लिइरहेका छन् । योगीले ग्रामीण क्षेत्रहरुमा लक्षित गरि व्यक्तिगत लगानीमा ‘बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेकी छिन् । उनकैै पहलमा घोराहीमा हिंसा पीडित पुनस्र्थापना केन्द्र, कृषकहरुका लागि हरियो बजार सञ्चालनमा रहेका छन् । 

समाजशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी योगीले घोराही खानेपानी तथा सरसफाई संस्थाको संस्थापक, त्रिभुवन नगर जेसिजको सदस्य, नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य, घोराही रक्तसञ्चार केन्द्रको संस्थापक र गैरसरकारी संस्था महासंघ नेपालको संस्थापक भएर काम गरेको अनुभव छ ।

योगीलाई यसअघि दाङ महिला जेसीजबाट सम्मान, द रेयुकाई नेपालले समाजमा पुर्याएको महत्वपूर्ण सहयोगवापत सम्मान, घोराही खानेपानी तथा सरसफाई संस्थाले घोराही क्षेत्रमा शुद्ध खानेपानी पुर्याएवापत सम्मान, राष्ट्रिय सहकारी बैकले प्रदेश स्तरीय सफल सहकारी सञ्चालन गरे वापत सम्मान र विधवा महिला सरोकार केन्द्र दाङ द्धारा सिमान्तकृत तथा विधवा महिलाहरुको सामाजिक न्यायमा पहुँच तथा आर्थिक पुनःस्थापना गर्न पुर्याएको योगदान वापत सम्मान गरेको थियो । योगीले अस्टे«लिया, जापान, इन्डोनेशिया, भारत, बंगलादेश, फ्रान्स, फिलिपिन्स, मलेशिया, स्वीजरल्याण्ड, जर्मन, नेदरल्याण्ड लगायतका देश भ्रमण गरिसकेकी छन् । 

प्रतिक्रिया दिनुहोस