काठमाडौं । नेकपा एमालेले भोलि बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा उपराष्ट्रपतिको चुनावबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने वा दिने भन्नेबारे एमालेले निर्णय लिएको छैन । सत्तारुढ आठ दलबीच गठबन्धन हुँदा एमालेका राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ पराजित भएका छन् ।
उम्मेदवारी दिने वा नदिने भन्नेबारे पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको एक नेताले बताए । ‘सचिवालय बैठक अगाडि एउटा निष्कर्षमा पुग्छौं, उम्मेदवारी दिने कि नदिने भन्नेबारे अहिले अनौपचारिक कुराकानी भइरहेको छ’ ती नेताले भने ।
३ चैतमा हुने उपराष्ट्रपतिको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के छन् छलफलका एजेन्डा ?
एमालेले सूचना प्रविधि र सामाजिक सञ्जाललाई मुख्य हतियार बनाउने
प्रतिनिधि सभा चुनावका लागि एमालेबाट चितवन-३ मा शंकर थपलिया सिफारिस
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
एमालेले टुंग्यायो राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवार