काठमाडौं । नेकपा एमालेले भोलि बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा उपराष्ट्रपतिको चुनावबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।
उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने वा दिने भन्नेबारे एमालेले निर्णय लिएको छैन । सत्तारुढ आठ दलबीच गठबन्धन हुँदा एमालेका राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ पराजित भएका छन् ।
उम्मेदवारी दिने वा नदिने भन्नेबारे पार्टीभित्र अनौपचारिक छलफल चलिरहेको एक नेताले बताए । ‘सचिवालय बैठक अगाडि एउटा निष्कर्षमा पुग्छौं, उम्मेदवारी दिने कि नदिने भन्नेबारे अहिले अनौपचारिक कुराकानी भइरहेको छ’ ती नेताले भने ।
३ चैतमा हुने उपराष्ट्रपतिको चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, २० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी