वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज–२३ बस्ने २५ वर्षीय जहाँगिर अन्सारी, ३२ वर्षीय फिरोज अन्सारी, ३१ वर्षीय अलफाज अन्सारी, २७ वर्षीय तारिक अन्सारी, २४ वर्षीय आशिष साह र वीरगञ्ज–१६ बस्ने आदित्य गिरी रहेका छन् ।
पक्राउ परेका जहाँगिर अन्सारी नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दिन अन्सारीको छोरा हुन् ।फागुन २३ गते मंगलबार बेलुका ८ बजेतिर वीरगञ्ज–८ घण्टाघर स्थित इन्फिनिटी लाउन्ज अगाडी सडकमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुलाई मंगलबारदेखि नै प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ