रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका(२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो । सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको जनाएको छ ।
दुर्घटनामा परि ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर र २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका वडा नं। ३ का २९ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय होलेरीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु