काठमाडौं। महोत्तरीको जलेश्वरबाट प्रहरीले १४ लाख भारतीय रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ३ मलिवारा बजारमा अवैध रुपमा नेपाली नोटबाट भारतीय नोट सटही गर्ने ९ जनालाई सोमबार महोत्तरी प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका ३ का ४३ वर्षीय जितेन्द्र कुमार सिंह, वर्ष ४० का सुशिल साह, १९ वर्षीय धिरज मण्डल, ३२ वर्षीय जिलानी अंसारी, वर्ष ३४ का अकवर अंसारी, वर्ष ५६ का रामएकवाल मण्डल, जलेश्वर २ का ३४ वर्षीय सरोज कुमार साह, २७ वर्षीय आनन्द कुमार र भारत बिहार, मोतिहारी जिल्ला मोठलिईया हरसिद्दी थाना ३ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार महतो छन् ।
उनीहरुको साथबाट प्रतिबन्धित भारतीय रुपैयाँ १४ लाख ३७ हजार ६४० र नेपाली रुपैयाँ ८२ हजार २०५ बरामद गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसी सन्तोष पोखरेलले जानकारकी दिए ।
विदेशी विनियम ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ फागुन २०७९, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ