एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा आत्मघाती आक्रमणमा परी नौ प्रहरी अधिककारकिो को मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।
बलुचिस्तानको क्वेटाबाट करिब १२० किलोमिटर दक्षिणपूर्वमा पर्ने कछी जिल्लाको मुख्य शहर धदार नजिकै भएको उक्त घटनाको तत्काल कसैले जिम्मा लिएको छैन ।
सम्पत्तिको ठूलो हिस्साको माग गर्दै लडाकूहरूले वर्षौंदेखि गरेको विद्रोह र पाकिस्तान तालिबान (टीटीपी) को आक्रमणसँग बलुचिस्तानमा पाकिस्तानको सुरक्षा फौजले जुधिरहेको छ ।
वरिष्ठ प्रहरी अधिकारी अब्दुल है आमिरले एएफपीसँग भने, “आत्मघाती आक्रमणकारी मोटरसाइकलमा सवार थिए र ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए ।”
आक्रमणका कारण प्रहरीको ट्रक सडकमै उल्टो पल्टिएको र त्यसको झ्यालहरू फुटेको सामाजिक सञ्जालमार्फत बाहिरिएका तस्बीरहरूमा देखिएको छ ।
काछी जिल्लाका प्रहरी प्रमुख महमुद नोटेजाईले एएफपीलाई बताएअनुसार अधिकारीहरू एक हप्ता लामो एक प्रदर्शनीमा सुरक्षाका लागि खटिएका र आक्रमणका समय उनीहरू आफ्नो कार्यालयमा फर्किरहेका थिए ।
प्रधानमन्त्री शहबाज सरिफले आफ्नो कार्यालयद्वारा जारी विज्ञप्तिमा भनेका छन्, “बलुचिस्तानमा आतङ्कवाद देशलाई अस्थिर बनाउने घृणित कार्यसूचीको एक हिस्सा हो ।” पाकिस्तानले अतिव्यापी राजनीतिक, आर्थिक र वातावरणीय संकटको सामना गर्नुका साथै बिग्रँदो सुरक्षा स्थितिको सामना गरिरहेको छ ।
सन् २०२१ को अगष्टमा अफगान तालिबानले काबुल कब्जा गरेयता पाकिस्तानमा आक्रमणका घटनाबढ्दै गएका छन्, जसले सीमाक्षेत्रमा रहेका लडाकू समूहलाई बढावा दिइरहेको छ ।
गत महिना टीटीपीको आत्मघाती टोलीले कराँचीको बन्दरगाह शहरस्थित प्रहरी परिसरमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको थियो । उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी मस्जिदमा भएको बम विस्फोटमा ८० भन्दा बढी अधिकारीको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।
इस्लामाबादको सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका विश्लेषक इम्तियाज गुलले भने, “फरक विचारधारात्मक, जातीय र राजनीतिक दृष्टिकोणका बावजुद सबै (लडाकू समूह) एउटै उद्देश्यमा बाँधिएका छन् र उनीहरूको उद्देश्य सुरक्षा बलमाथि प्रहार गर्नु र पाकिस्तानमा डर र अनिश्चितताको भावना जगाउनु रहेको छ ।”
अफगानिस्तान र इरान दुवैसँग सीमा जोडिएको बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो, कम जनसङ्ख्या भएको र गरिब प्रान्त हो । प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन भएको यो सहरमा लामो समयदेखि स्थानीयले आफ्नो सम्पत्तिको उचित हिस्सा नपाएको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ फागुन २०७९, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल