काठमाडौं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका छन । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चार माध्यमहरुले सोही अनुसार प्रचारप्रसार नगरेको बताए ।
उनले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताए।
सभामुख घिमिरेले सञ्चार माध्यमहरुले विशेष नेता र चर्चामा आएका विषय वस्तु बाहेकका समाचार नबनाएको बताए। उनले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चार माध्यमहरुको उपस्थिति नरहेको बताए ।
सभामुख घिमिरेले संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताए । उनले सञ्चार माध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्तै बढी ध्यान दिने गरेको गुनासो गरे ।
सभामुख घिमिरेले सञ्चार माध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषय वस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताए । उनले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए ।
उनले संसद सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ’ : सभामुख घिमिरे
‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’: सभामुख घिमिरे
सभामुख घिमिरेले दलका नेतापछि संविधानविद्हरूसँग थाले कानुनी परामर्श
संसद् विघटनबारे सभामुख घिमिरेद्वारा दलहरूको राय माग
‘दसैँ नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्व हो’ : सभामुख घिमिरे
संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी छ : सभामुख घिमिरे