काठमाडाैं। काठमाडौं उपत्यकामा चोरीको घटनामा बृद्धि भएको छ । प्रहरीका अनुसार आजभोलि सो घटनामा बृद्धि भए पनि नियन्त्रणको प्रयास जारी रहेको छ ।
काठमाण्डौं महानगरपालिका –३२ पेप्सीकोला डेरागरी बस्ने रामेछाप मन्थली नगरपालिका –९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यस्तै, भक्तपुरको मध्पपुर ठिमी नगरपालिका–९ निकोसेरा चोक डेरागरी बस्ने रामेछाप सुनापती गाउँपालिका –४ घर भएका ४४ वर्षीय खडगबहादुर श्रेष्ठको कोठाबाट नगद ३ लाख ५० हजार रुपैयाँ हिजो साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा