काठमाडाैं। काठमाडौं उपत्यकामा चोरीको घटनामा बृद्धि भएको छ । प्रहरीका अनुसार आजभोलि सो घटनामा बृद्धि भए पनि नियन्त्रणको प्रयास जारी रहेको छ ।
काठमाण्डौं महानगरपालिका –३२ पेप्सीकोला डेरागरी बस्ने रामेछाप मन्थली नगरपालिका –९ घर भएकी २९ वर्षीया दिपिका रोयलको कोठाबाट नगद २५ हजार रुपैयाँ, सुन तथा चाँदिको विभिन्न गहना, ल्यापटप गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यस्तै, भक्तपुरको मध्पपुर ठिमी नगरपालिका–९ निकोसेरा चोक डेरागरी बस्ने रामेछाप सुनापती गाउँपालिका –४ घर भएका ४४ वर्षीय खडगबहादुर श्रेष्ठको कोठाबाट नगद ३ लाख ५० हजार रुपैयाँ हिजो साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी