काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भूसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।
उक्त समितिको सदस्यहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम सदस्य रहेका महासचिव बेदुराम भूसालले विज्ञप्तिमार्फत जनाएका छन् ।
एकीकृत समाजवादीले पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँटका इन्चार्ज रामकुमार भट्टराईको संयोजकत्वमा ६३ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको छ ।
त्यस्तै पिताम्बर तिम्सिना संयोजकत्वमा ४ सदस्यीय स्ववियु निर्वाचन स्वयंसेवाक परिचालन समिति बनाएको छ । जसको ससंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह रहेका विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण