काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले रातोपाटीलाई बताए ।
उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।
फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।
सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्र्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ । आजको बैठकमा १० बैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, ०९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
साइबर सेना भर्ती गरेर चुनाव प्रभावित गर्ने रास्वपाको दाउ
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी