काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफूले कार्यकालभरी राष्ट्रिय विपत्ति र अति आवश्यक कामबाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने नीति लिएको बताएका छन् ।
‘देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागि जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौं’, उनले भनेका छन्, ‘त्यसका लागि तपाईहरुसँग क्षमा चाहान्छु ।’
उनले ऋणमा हेलिकप्टर चार्टर नगर्न पनि अनुरोध गरेका छन् । ‘आखिरी कोही मन्त्री तपाईको गाउँमा आउँदैमा तपाईको खोला खोल्सीहरुमा दुध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौँ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा