डडेल्धुरा । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित