काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६, गुफाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गुफाडाँडाका अन्दाजी ४७ वर्षीय राधे बन्जराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धापबाट गुफाडाँडातर्फ जाँदै गरेको वाग्मती प्रदेश–०२–०२०प ८८९४ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ७ बजे सडकबाट अन्दाजी ६ मिटर तल खसेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीचौकी पाँचपोखरी थाङपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते