काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।
दिलबहादुर रम्तेलको स्मृति सभा, 'सहिद' परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए। गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
निर्वाचित भएपछि उनले कार्यव्यस्तताले गर्दा आफू मतदातालाई धन्यवाद दिन गाउँ(गाउँमा जान नपाएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड