काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठकले आज उनलाई पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने , “नेपालको संविधानको संरक्षण, राष्ट्रियताको सम्वद्र्धन र नेपाली जनताको उन्नतीको रेखदेख गर्ने अभिभारा र जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु ।” उनले आफूलाई सङ्घीय संसद् र प्रदेशसभामा रहेका सबै दलका सबै साथीहरुको अपार स्नेह र सद्भाव रहेको विश्वास व्यक्त गरे ।
नेता पौडेलले भने, “म सबै नेपाली दाजुभाई दिदिबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यो राष्ट्रको जर्गेना गरौँ, संविधानको रक्षा गरौँ ।” उनले ७० वर्षसम्म लडेर प्राप्त गरेको राजनीतिक व्यवस्थाको टुङ्गो लगाउन सफल भएको र यसको ठूलो महत्त्व रहेको उल्लेख गर्दै यसमा खेलबाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास भएको बताए । यसप्रति सबै नेपाली सजग हुनुपर्ने नेता पौडेलको भनाइ थियो । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्व कावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो