युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश

एजेन्सी

शुक्रबार, १२ फागुन २०७९, ०८ : ५५
युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश

एजेन्सी । स्पेनिस जाइन्ट बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा २-१ को जित निकाल्दै समग्रमा ४-३ ले पराजित गर्दे युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो।

यसअघि क्याम्पनाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २-२ गोलको बराबरी खेलेका थिए। युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि पुनरागमन गर्दै घरेलु टोलीले जित निकालेको हो।

खेलको १८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत बार्सिलोनालाई सुरुआती अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको बार्सिलोनाविरुद्ध ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ७३ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित निश्चित गरेका थिए। बार्सिलोना सन् १९९८(९९ को सिजन पछि पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा पुग्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस