मोरङ । मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो । महानिरीक्षक सिंहले १ नं प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए ।
उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गर्नुभयो । अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको हो भने ।
कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकोमा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे ।
नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण
राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित
रूकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार
अस्पताल फार्मेसीमै प्रत्यारोपणका सामग्री उपलब्ध गराउने निर्णय
अस्पतालमा औषधि अभाव, उपचारमा समस्या
सुर्नयामा १० शय्याको अस्पताल निर्माण हुँदै