काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा वाम एकताका प्रयास, सङ्गठन सुदृढिकरणका प्रतिवेदन, प्रशिक्षक प्रशिक्षणको अवस्था, प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइएको थियो । क्रमिक रुपमा दुबै पार्टीका दोस्रो पुस्ताका नेताबीच भइरहेका वार्ताको सार संक्षेप बैठकमा प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक जारी, झाँक्रीमाथि होला त कारबाही ?
एकीकृत समाजवादीको बैठक बस्दै, झाँक्रीको स्पष्टीकरणबारे छलफल
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा