काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ ।
आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।
‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्यो,’ खनालले बैठक पछि भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’
उनका अनुसार संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका बिषयमा छलफल गर्ने भन्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल