काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले शुभकामना सन्देशमार्फत ग्याल्बाे ल्होसार नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताएका छन् ।
ग्याल्बाे ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।
शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाइ, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।
नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ । ग्याल्बाे ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ फागुन २०७९, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड