काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए । कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए ।
आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए । ‘कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएँ ।
भारतीय कम्युनिस्ट नेताहरूको भेटघाट र छलफल भयो’ खनालले भने, ‘म नेपाल फर्किसकेको छु । अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै केही भएको होइन । मान्छेहरूले अनेक तरिकाले चर्चा गरी रहेका छन् । राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारेमा सोच्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा