काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए । कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए ।
आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए । ‘कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएँ ।
भारतीय कम्युनिस्ट नेताहरूको भेटघाट र छलफल भयो’ खनालले भने, ‘म नेपाल फर्किसकेको छु । अहिलेसम्म राष्ट्रपतिका विषयमा कुनै केही भएको होइन । मान्छेहरूले अनेक तरिकाले चर्चा गरी रहेका छन् । राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सारेमा सोच्न सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल