काँग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

सफल खबर संवाददाता

आइतबार, ०७ फागुन २०७९, ०८ : २०
काँग्रेस नेता चन्द्र भण्डारी खतरामुक्त

काठमाडौँ । आगलागीको घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी खतरामुक्त रहेका छन् ।

भण्डारीको उपचारका लागि दिल्ली पुगेका योगराज कंडेलले सबै कुराहरु नर्मल रहेको भन्दै प्रशन्नता व्यक्त गरेका छन् । 

उनले डाक्टरहरूको मेहनतले अव ढुक्क भइरहेको भन्दै छिट्टै स्वदेश फर्किने बताएका छन् ।

बुधबार बुद्धनगरस्थित निवासमा भएको ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा भण्डारी घाइते भएका थिए ।